Incident Reports

यौन र्दुव्यवहार गरेको पीडितको आरोप

2020-01-18

Madhes, Dhanusha, Sahidnagar, Ward 2

१५ वर्षीया बालिकालाई सहिदनगर नपा–२ चोराकोयलपुर बस्ने २३ वर्षीय अकलम नदाफले बलात्कार प्रयास गरेको पीडित पक्षले आरोप लगाउनु भएको छ ।

माघ ४ गते दिउँसो १:३० बजे पीडित बालिका शौच गर्न घरभन्दा डेढ किलोमिटर चौरमा गएको बेला आरोपित नदाफले प्रेम प्रस्ताव राखेको र प्रेम प्रस्ताव अस्वीकार गरेपछि यौन र्दुव्यवहार गरेको पीडितले जानकारी गराउनु भएको छ ।

पीडित बालिका रोइकराई गरेपछि स्थानीयले जानकारी पाएर घटनास्थल पुग्दा आरोपित नदाफ भाग्ने क्रममा उनको खुट्टा भाँचिएको पीडित पक्षले जानकारी दिनु भएको छ ।

आरोपित नदाफले आफूलाई स्थानीय बासिन्दाले कुटपिट गरी खुट्टा भाँचेको भन्दै ईलाका प्रहरी कार्यालय यदुकोहामा माघ ४ गते मौखिक खबर गर्नु भएको थियो ।

कुटपिट गरेर खुट्टा भाँचिएको आरोपमा पीडित बालिकाका छिमेकी ३५ वर्षीय लालकुमार सदालाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । गिरफ्तार परेका सदा इलाका प्रहरी कार्यालय यदुकोहाको प्रहरी हिरासतमा रहेको स्थानीय विनोद कुमार गोइतले जानकारी दिनु भएको छ । पीडित किशोरीका बुवा वैदेशिक रोजगारीको क्रममा साउदी अरेबियामा हुनु हुन्छ ।

इलाका प्रहरी कार्यालय यदुकोहाका इन्स्पेक्टर दिपकबाबु केसीले स्थानीय राजनीतिकर्मीहरुको दबाबमा आएर यौन र्दुव्यहार घटनाका आरोपित नदाफलाई गिरफ्तार नगरेको पीडित परिवारको आरोप छ ।

पीडित बालिकाले आफूलाई यौन र्दुव्यवहार भएको माघ ४ गते नै मौखिक जानकारी गराएकाले घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर केसीले बताउनु भएको छ । लिखित उजुरी नआएको कारण पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ७ गतेसम्म पनि नगरिएको प्रहरीले जनाएको छ ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments