Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-01-17

Gandaki, Parbat, Bihadi

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्वतको बिहादी गाउँपालिका बस्ने पीडितकै ५५ वर्षीय बाबुलाई जिल्ला प्रहरी कार्यलय पर्वतले गिरफ्तार गरेको छ ।

माघ ३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तहरूले माघ ७ गते प्रहरीलाई मौखिक जानकारी गराएपछि आरोपितलाई उनकै घरबाट प्रहरीले गिरफ्तार गरेको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ७ गते  जिल्ला अस्पताल पर्वतमा गरिएको इन्स्पेक्टर विकास थापाले जानकारी दिनुभयो ।

इन्सेकका पर्वत जिल्ला प्रतिनिधी सन्तोष थापाको पहलमा पीडितलाई पोखराको एक सुरक्षा गृहमा राखिएको र आरोपित बाबुलाई हिरासतमा राखि बाल यौन दुर्व्यवहार अन्तर्गत माघ ८ गते पर्वत जिल्ला अदालतमा सरकारी वकिल कार्यलय मार्फत मुद्दा दायर भएको इन्स्पेक्टर थापाले बताउनुभयो ।

सन्तोष थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments