Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-17

Gandaki, Tanahun, Ghiring, Ward 5

२५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घिरिङ गाउँपालिका–५ का २९ वर्षीय प्रेमबहादुर थापालाई ०७६ माघ १० गते गिरफ्तार गरेको छ ।

 पीडितका आफन्तले सोही दिन इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएपछि आरोपितलाई शुक्लगण्डकी नगरपालिकाको बेलचौताराबाट गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय भिमादका इन्चार्ज सई भेषराज रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार आरोपितले मानसिक सन्तुलन कमजोर भएकी उक्त महिलालाई घर भित्रै पसेर माघ ३ गते बलात्कार गरेको प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।

पीडितको स्वास्थ्य परीक्षण माघ १० गते दमौली अस्पतालमा गरिएको सई रेग्मीले जानकारी दिनुभयो ।

 प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments