Incident Reports

धुलो उडाएको भन्दै टिपर बन्द

2019-12-10

Province 1, Morang, Belbari, Ward 10

बेलबारी–१० स्थित भाउन्ने चोकदेखि लेटाङको कीर्तिमानसम्म चल्ने टिपरले अत्यधिक धुलो उडाएर भाउन्ने चोकका बासिन्दालाई श्वास–प्रश्वासमा समस्या पु¥याएको भन्दै स्थानीयले उक्त सडक–खण्डमा टिपरलाई चल्न रोक लगाएका छन् ।

मङ्गलबार बिहानैदेखि स्थानीयले भाउन्ने चोकस्थित भाउन्ने कीर्तिमान सडक–खण्डमा टिपर चल्न अवरोध गरेका हुन् । लेटाङको कीर्तिमानमा उत्तरी मोरङ क्रसर उद्योग, चिसाङ क्रसर उद्योग र ओम साई क्रसर उद्योग गरी ३ वटा क्रसर उद्योग रहेका छन् । तीनवटै क्रसर उद्योगबाट सञ्चालन हुने दैनिक सयौंको सङ्ख्यामा चल्ने टिपरले उडाएको धुलोको कारणले स्थानीयको श्वास–प्रश्वासलगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या बढेको स्थानीय विवेक गुरुङले बताए । 

केही महिनाअगाडि क्रसर उद्योग व्यवसायी, स्थानीय र जनप्रतिनिधिबीच भाउन्ने चोकदेखि ३ सय मिटर उत्तरसम्म कालोपत्रे गर्ने लिखित सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन गर्ने ग्यारेण्टी नहुञ्जेल टिपर चल्न नदिने स्थानीय कमल डोटेलले बताए । क्रसर उद्योग व्यवसायीहरूले उक्त त्रिपक्षीय सहमति चाँडै कार्यान्वयन गरेर सहयोग गरिदिए समस्या समाधान हुने बेलबारी–१० का वडाध्यक्ष गङ्गा याक्खाले बताए । मङ्गलबारदेखि सडक अवरुद्ध भएपछि टिपर आवत–जावतमा समस्या परेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments