Incident Reports

सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयको बन्द

2019-11-10

Province 1, Sunsari, Inaruwa

सडक निर्माण कार्यमा भएको ढिलाई प्रति असन्तुष्टि जनाउँदै स्थानीयले भित्रि बजार क्षेत्रको सडक खण्ड बन्द गराएका छन् ।स्थानीयहरु आन्दोलित बनेपछि जिल्लाको दक्षिणी भेगलाई सदरमुकाम सम्म जोड्ने मुख्य सडक मार्ग बन्द हुन पुगेको छ ।जिल्ला समन्वय समिति देखि इनरुवा बजार खण्डमा स्थानीयको अवरोधका कारण सवारीका साधन सञ्चालनमा आउन सकेका छैन् । स्थानीयवासी सडकमा ढाट तेर्साएर आन्दोलनमा उत्रिएका छन् । स्थानीयवासी सडकमा ढाट तेर्साएर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सो खण्डमा साईकल समेत सञ्चालनमा आउन दिएका छैन् ।


२ वर्ष बित्दा समेत निर्माण थालिएको सडकले पूर्णता नपाएको भन्दै आक्रोसित स्थानीयले सडक तत्काल निर्माण गरिनु पर्ने माग गरेका छन् । सवारीको चापसँगैको धुलो र धुँवाले आजित बनाएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् ।बाटो खुलाउन गरिएका प्रयास सफल नभएपछि सो खण्डमा गरिएको अवरोध जारी छ । ठेकेदार कम्पनिले लापरवाही गरेको र जनप्रतिनिधिको समेत वेवास्ताका कारण सास्ती झेल्नु परेको निष्कर्शमा पुगेका स्थानीयहरुले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments