Incident Reports

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

2020-01-24

Lumbini, Dang, Lamahi, Ward 1

लमही नगरपालिका–१ सीतलापुरकी ५० वर्षीया सोदी सार्कीलाई बलिरहेको अगुल्टो झोसेर घाइते बनाएको आरोपमा ६६ वर्षीय पति मेघबहादुर सार्कीलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ ।

घरायसी विवाद भएपछि पीडितलाई आरोपितले माघ १० गते बलिरहेको अगुल्टो झोसेको पीडित पक्षको आरोप छ ।

आगोले पोलेर घाइते भएकी सार्कीको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको इलाका प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर प्रज्ज्वल थपलियाले जानकारी दिनुभयो ।

यसैगरी पीडितका आफन्तले आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि आर्थिक सहयोगका लागि सबैमा अपिल गरेका छन् ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments