Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-21

Karnali, Dailekh, Bhagawatimai, Ward 1

४६ वर्षीया बोल्न नसक्ने एक महिलालाई बलात्कार गरेको घटनाको आरोपमा भगवतीमाई गाउँपालिका–१ पगनाथका ५७ वर्षीय मानबहादुर थापालाई प्रहरीले माघ १२ गते गिरफ्तार गरेको छ ।

माघ ७ गते साँझ महिलाको घरमा बलात्कार गरेको भन्दै माघ १० गते पीडित पक्षले दिएको उजूरीको आधारमा घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर नैनबहादुर साउदले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १० गते दैलेख जिल्ला अस्पतालमा भयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments