2020-01-29
१५ माघ, रौतहट । प्रहरी र फिरौतीका लागि नेपाल प्रवेश गर्न लागेको भनिएका एक आपराधिक समूहबीच रौतहटमा गोली हानाहान भएको छ । घटनामा आपराधिक समूहका १ व्यक्ति गोली लागेर घाइते भएका छन् ।
रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै गएराति १२ः३० बजे प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो । घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
आपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो । प्रहरीका अनुसार, मोटरसाइकलमा आएका ३ जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ भएको थियो । यही क्रममा आत्मरक्षाका लागि गोली चलाउँदा चाँद घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
घाइते चाँदको दाहिने घुँडामुनि गोली लागेको छ । घाइते चाँदको हाल गौरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार, चाँदले भारतीय नागरिक मोमताज, नेपाली नागरिक ओमप्रकाश साहसहित ३ जना व्यापारीसँग फिरौती लिने प्रयोजनका लागि भारतबाट नेपाल प्रवेश गरेको स्वीकारेका छन् । चाँद तराई मधेस नेसनल नाममा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आइरहेको भूमिगत समूहमा आबद्ध रहेको पनि खुलेको छ ।
सोही समूहका अन्य २ भने भारततर्फ भागेका छन् । घटनास्थलबाट आपराधिक समूहले छाडेको १ थान कटुवा पेस्तोल, खाली खोका १ थान र कटुवामा लोड भएको १ थान गोली प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार प्रहरी गोली लागी घाइते चाँद फरार अभियुक्त हुन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा संगठित अपराध र आपराधिक लाभ लिन विस्फोटक पदार्थसमेतको प्रयोगसम्बन्धी ३ र संगठित अपराध र आपराधिक लाभ १ वटा गरी छुट्टाछुट्टै ४ मुद्दा दर्ता भएको छ । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनी फरार रहँदै आएका थिए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Collective |
Primary Form | Assault (small group) |
Weapons | Small arms |
Primary Cause | Law and Order Violence |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Criminal |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 5 |
Actor 2 - Affiliation | Police |
Actor 2 - Youth | unknown |
Total Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD