Incident Reports

विद्यार्थीद्वारा थुनिए क्याम्पस प्रमुख

2019-11-10

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा कृषि तथा पशु बिज्ञान (वागवानी संकाय) मा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीले आफना मागको सुनुवाई नभएको भन्दै क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेका छन् ।

पटक-पटक आफना समस्या समाधान गर्न माग गर्दा पनि क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै उक्त संकायका बिद्यार्थीले आइतवार दिउसो क्याम्पस प्रमुख राम प्रसाद गुरागाई र सहायक क्याम्पस प्रमुख पुर्ण दुङगानालाई कार्यकक्षमा थुनेका हुन् ।

उक्त संकायको तेस्रो बर्ष उर्तिण पश्चात कृषि तथा पशु बिज्ञानमा स्नातकोत्तर तह पढन पाउनु पर्ने र लोक सेवाको परीक्षामा समावेस हुन पाउनु पर्ने अधिकारबाट क्याम्पसले बञ्चित गराएको भन्दै बिद्यार्थी आन्दोलित बनेका हुन् ।

क्याम्पस प्रशासनले बिभिन्न बहान मा पटक पटक अध्ययन संस्थानलाई देखाउँदै अनाधिकृत रूपमा बिद्यार्थीबाट शुल्क असुलेको आरोप समेत बिद्यार्थीले लगाएका छन । परीक्षा शुल्कबापत हरेक शैक्षिक सत्रमा ८ हजार ५ सय तिर्दै आएको भए पनि हाल आएर परीक्षा शुल्कमा ५ सय बृद्धि गरिएको बिद्यार्थीले जनाएका छन् ।

क्याम्पसले मौका परीक्षामा ३ हजार ५ सय बाट बढाएर ४ हजार पुयाएको छ । बिद्यार्थीले उक्त संकायको पाठयक्रम राजपत्र अनंकीत हुनु पर्ने, रामपुर क्याम्पसमा स्नातकोत्तरमा प्रवेश परिक्षा दिन पाउनु पर्ने, लोक सेवाको परीक्षामा सहभागी बन्न पाउनु पर्ने माग गरेका छन् । क्याम्पसको पहल नहुँदा उक्त संकाय उर्तिणं बिद्यार्थीले प्रदेश तथा स्थानीय तहका बिभिन्न कोटाका परीक्षामां बञ्चित भएको. विद्यार्थीहरूको आरोप छ ।

बिद्यार्थी किशोर आचार्यले आफना माग पुरा नभए सम्म आन्दोलन नरोक्ने बताए । उनले पहिला ५ वटा बिषयमा लोकसेवा र स्नातकोत्तरमा अध्ययन पाउने भएपनि क्याम्पसको पहल नहुँदा बागवानी बाहेक अन्यमा बञ्चित भएको बताए । यता क्याम्पस प्रमुख गुरागाईले आफुहरू थुनिएको पुष्टि गर्दै छलफलबाटै समस्याको समाधान खोजिने बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Local Newspaper - Jhapa

0 Comments