Incident Reports

रौतहटमा ४ वर्षकी बालिका बलात्कृत, छिमेकी पक्राउ

2020-01-30

Madhes, Rautahat, Gaur, Ward 1

१७ माघ, रौतहट । रौतहटको गौरमा बिहीबार राति चार वर्षकी बालिकाको बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले गौर नगरपालिका १ मा साइकल मर्मत गर्ने ५४ बर्षका रामकिशोर मिश्रलाई पक्राउ गरेको छ ।

बालिकाका छिमेकी मिश्रले चकलेट बिस्कुट दिई ललाई फकाई घर नजिकै बारीमा लगी बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालिकाको गुप्तांगबाट अत्याधिक रक्तश्राव भएर रोइकराई गरे पछि बालिकाको ठूली आमाले सोधपुछ गर्दा घटना खुलेको थियो । बालिकाको बयानकै आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले मिश्रलाई पक्राउ गरेको हो ।

पीडित बालिकाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments