Incident Reports

छाउगोठ भत्काँउदै गर्दा प्रहरीमाथि आक्रमण,आरोपित गिरफ्तार

2020-02-01

Sudurpashchim, Achham, Bannigadhi Jayagadh, Ward 3

बान्नीगढी जयगढ गाउँपालिका–३ वर्दादेवीमा रहेको छाउगोठ भत्काँउदै गर्दा माघ १८ गते बेलुकी प्रहरीमाथि आक्रमण भएको छ ।

प्रहरीमाथि आक्रमण गरेको आरोपमा बान्नीगढी जयगढ गाउँपालिका–३ की  ५५ वर्षीया धना साउदलाई माघ १८ गते बेलुकी नै प्रहरीले गिरफ्तार गरेको छ ।

जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाले साउदको घरमा रहेको छाउगोठ भत्काउन थालेपछि प्रहरी हवल्दार धनबहादुर कैलाको पिठ्युमा साउदले लाठ्ठी प्रहार गरेपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय,अछामका इन्स्पेक्टर रमेशदत्त अवस्थीले बताउनु भयो ।

छाउगोठ नभत्काउन भन्दै साउदले गालीगलौज गरी प्रहरी हवल्दार कैलामाथि लाठ्ठी प्रहार गरेको इन्स्पेक्टर अवस्थीको भनाइ छ ।

आरोपित साउदलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इन्स्पेक्टर अवस्थीले बताउनु भयो  ।

अछाम जिल्लामा जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाको सहभागीतामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ ।

अघिल्लो महिनाको पुस ९ गते यता ४ हजार ५ सय भन्दा बढी छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनु भयो ।

 

शिवराज ढुंगाना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
INSEC , National/Online Media , Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur

0 Comments