Incident Reports

कैलालीमा प्रहरी र प्रदर्शनकारीबीच झडप : १० घाइते

2019-02-02

Sudurpashchim, Kailali, Lamkichuha, Ward 4

टीकापुर : कैलालीको लम्कीचुहा नगरपालिका-४ बलियामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ ।सडक दुर्घटनामा परी शनिबार ज्यान गुएका लम्कीचुहा नगरपालिका- ६ लुहारपुरका मायाराम चौधरीको ज्यान गएको थियो । मृतक चौधरीले चलाएको से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। पीडितले न्याय पाउनु पर्ने माग गर्दै प्रदर्शनकारीले दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

शुक्रबार रातिदेखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका मृतकका समर्थक र प्रहरीबीच राजमार्ग खुलाउने विषयमा विवाद हुँदा झडप भएको हो ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा र इँटाका टुक्रा प्रहार गर्दा १० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् भने प्रदर्शनकारी समेत घाइते छन् । भीड नियन्त्रण लिन प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो।

 प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग आइतबार दिनभर ठप्प रहेको छ । राजमार्ग ठप्प हुँदा सयौं सवारी साधन र यात्रीहरु अलपत्र परेका छन् । घटनाबारे ईलाका प्रहरी कार्यालयमा पीडितपक्षसँग छलफल भइरहेको छ । प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट आफूलाईसमेत सामान्य चोट लागेको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका चौधरी पक्षधरले ठक्कर दिने सवारी दोषी तत्काल पत्ता लगाइ कारबाही गर्न र उचित क्षतिपूर्तिको माग गरिरहेका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । पीडित पक्षले भने दोषीलाई कारबाही नगरेसम्म शव नबुझ्ने अडान लिएका छन् । प्रहरीले ठक्कर दिएको हुनसक्ने आशंकामा से १ च १७०० नम्बरको एम्बुलेन्स र चालक कालुसिंह भुललाई नियन्त्रणमा लिएर अनुसन्‍धान सुरु गरेकाे छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Road block
Weapons Other
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 10
National/Online Media , Local Newspaper - Kailali

0 Comments