Incident Reports

नरहा गाउँपालिकामा संघर्ष समितिद्वारा धर्ना

2019-11-24

Madhes, Siraha, Naraha, Ward 3

 सिरहाको नरहा गाउँपालिका वाड नं. ३ का वाड कार्यालय आगाडि आइतवार संघर्ष समिति नरहा गाउँपालिका द्वारा २ घन्टा धर्नाको कार्यक्रमको शुरुवात गरेका छन् ।

नरहा वाड नं. २ का वाड अध्यक्ष ज्ञानदेव सिंहको अध्यक्षतामा यही ८ गतेदेखि १३ गते सम्म ६ दिने कार्यक्रम अन्तर्गत वाड नं. ३ को वाड कार्यालयको अगाडिबाट शुरुवात गरेका छन् । यो कार्यक्रम दोश्रो चरणको हो । पहिलो चरणमा ५ वटै वाड कार्यालयको आगाडि बिरोध प्रदर्शन गरेका थिए भने दोश्रो चरणमा प्रत्येक वाड कार्यालयको आगाडि धर्ना दिने कार्यक्रम रहेको छ । आ.वा. ०७४/७५ र ०७५/७६मा गरेको खर्चको विवरण माँग गर्दै आन्दोलन शुरु गरेका छन् । गाउँ सभाले छनौट गरेको योजना खर्चको विवरण र विकास निर्माणको नाममा भ्रष्ट्राचार भएको, आर्थिक गतिबिधि पारदर्शी बनाउन पटक–पटक माँग गर्दै, ०७५/७६ को गाउँ सभा गर्न नसकेको वजेट विनियोजन गर्न नसकेका र पहिलो चरणको कार्यक्रमको वेवास्ता गरेपछि आन्दोलन गर्न कार्यपालिका सदस्य संगीता कुमारी यादवको संयोजकत्वमा ३५ सदस्य भएको संधर्ष समिति गठन गरि आन्दोलन थालिएको नरहा गाउँपालिका वाड नं. २ का अध्यक्ष ज्ञानदेव सिंहले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 35
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Siraha

0 Comments