Incident Reports

विद्यार्थीलाई कुटपिट गरेका शिक्षकविरुद्ध प्रहरीमा उजुरी

2020-01-28

Gandaki, Nawalparasi East, Binayee Tribeni, Ward 5

विनयी त्रिवेणी गाउँपालिका–५ भानुदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने १६ वर्षीय बालक रेजन खाम्चालाई सोही विद्यालयका कम्पुटर शिक्षक शिव के.सी ले माघ १४ गते कुटपिट गरेको भन्दै पीडित रेजनकी आमा बसन्ती खाम्चाले माघ २१ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिनुभएको छ ।

शिक्षक के.सी ले रेजनलाई गृहकार्य नगरेको भन्दै कुटपिट गरेको आमा बसन्तीले बताउनुभयो । “ रुघा खोकीले बिरामी भएपछि माघ १३ गते रेजन विद्यालय गएको थिएन । सन्चो भएपछि माघ १४ गते विद्यालय जाँदा सातौं घण्टीमा शिक्षक शिव के.सी.ले अघिल्लो दिनको होमर्वक खै भन्नु भएछ, छोराले होमर्वक गरेको छैन भन्दा सरले पहिला लौरी र पछि हातले कुटपिट गर्नुभएछ ।” आमा बसन्तीले भन्नुभयो–“साँझ छोरा घर आउँदा बाँया तर्फको कान सुन्निएको थियो ।”

अर्को दिन पनि कान सुन्नेको र दुखेको कम नभएपछि उपचारको लागि छोरालाई भरतपुर सामुदायिक अस्पताल चितवन लगेपछि डाक्टरले विशेषज्ञमा जानुपर्ने सल्लाह दिनुभएको र  माघ १६ गते लुम्बिनी अस्पताल एण्ड टेक्नीकल कलेज बुटवल, रुपन्देहीमा उपचारको लागि लगिएको आमा बसन्तीले बताउनुभयो । कुटपिटबाट छोराको कानको जाली चर्केको र रगत जमेको देखिएको उहाँले बताउनुभयो ।

घटनाबारे विद्यालय प्रशासनमा जानकारी गराई उपचारको लागि आग्रह गर्दा उल्टै विद्यालय प्रशासनबाट आफुहरुलाई अन्तै कतै उजुरी नगर्न भन्दै धम्की दिएको बसन्तीले बताउनुभएको छ । उहाँले छोरालाई कुटपिट गर्ने शिक्षक शिव के.सी.लाई कानूनी कारवाही गर्न माग गर्नुभएको थियो । साथै आवश्यक सहयोग गर्नको लागि उहाँले इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा समेत माघ २१ निवेदन दिनुभएको छ ।

भानुदय माध्यमिक विद्यालयका प्रधानाध्यापक तेज प्रसाद भुसालले घटना भएको स्वीकार्दै आवश्यक छलफल र पीडित रेजनको उपचारको लागि आफुहरु तयार रहेको बताउनुभएको छ ।

घटना भएको दिन नै आफुलाई सो घटनाको विषयमा जानकारी प्राप्त भएको र माघ १९ गते घटनाको विषयमा विद्यालयमा पीडित परिवार सहित छलफल गरेको उहाँले बताउनुभयो ।

पीडित पक्षले शिक्षकलाई बर्खास्त गर्न माग गरेको हुँदा सहमति हुन नसकेको भुसालले बताउनुभयो । पीडित रेजनको परिवारले भने कुटपिट गर्ने शिक्षकको बर्खास्ती सहित कानूनी कारवाही गर्नुपर्ने माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर गणेश बहादुर नराल क्षेत्रीले पीडित पक्षबाट प्रहरीमा निवेदन प्राप्त भएको र हाल घाउँजाचको लागि मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा पठाइएको जानकारी दिनुभयो ।

पीडित पक्षबाट प्राप्त निवेदनको आधारमा घटनाको छनबिन भइरहेको भन्दै उहाँले कानूनी रुपमा अगाडी बढ्ने जानकारी दिनुभयो ।


 


 

 

 

तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Kaski

0 Comments