Incident Reports

सामूहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार

2020-01-28

Lumbini, Dang, Ghorahi

१६ र १८ वर्षीया दुईजना बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले  घोराही उपमनपा– १ का १८ वर्षीय सुनीलकुमार कवरलाई माघ २१ गते गिरफ्तार गरेको छ ।

विद्यालय गएका दुई बालिकालाई प्रलोभन देखाएर जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी सुमित खड्काले बताउनु भयो ।

घटनामा सङ्लग्न बङ्गलाचुली गापा–१ का १९ वर्षीय नवराज पुन र सोही गापा– ६ का २० वर्षीय केशर वली फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी खड्काले बताउनु भयो ।

पीडितद्वयको  स्वास्थ्य परीक्षण माघ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।

 

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments