Incident Reports

लहान अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

2020-02-09

Madhes, Siraha, Siraha

सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) स्मारक अस्पतालमा कार्यरत चिकित्सकमाथि दुर्व्यवहार भएको घटनालाई लिएर आइतबारदेखि आकस्मिक बाहेकका सेवा अस्पतालले बन्द गरेका हो।

ओपीडी सेवा बन्द भएपछि गाउँगाउँबाट उपचार गराउन पुगेका बिरामी फर्केका छन् । घटना छानबिन गरी दोषीमाथि कारवाहीको अस्पतालले माग गरेको छ।

शनिबार साँझ 'अन कल डियुटी' मा रहेका चिकित्सकमाथि सिरहा क्षेत्र नम्बर १ 'ख' नेकपाका प्रदेशसभा सदस्य अशोक यादवसँगैका आएका व्यक्तिले दुव्र्यवहार गरेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट सुनिल प्रसाद कुशवाहाको आरोप छ।

डाक्टर कुशवाहाले पत्रकार सम्मेलनमा अस्पतालमा कार्यरत रहेका चिकित्सकमाथि गालीगलौज गरी दुव्र्यवहार गरेको बताए । घटनाबारे छानबीन गरी दोषीमाथि कारवाही गरिनुपर्ने उनले माग गरे । अर्को निर्णय नहुँदासम्म आकस्मिक बाहेकका सेवा बन्द गरिएको उनले जानकारी गराए ।

अस्पतालको सीसी टिभी रेकर्डमा चिकित्सकमाथि दुव्र्यवहार भएको देखिएको उनले सुनाए।  शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परेका सांसद यादव अस्पताल पुगेका थिए। तत्कालै उपचार गर्न चिकित्सक नदेखेपछि इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापा क्षेत्रीलाई फोन गरी आफूले डाक्टर अस्पताल पठाउन आग्रह गरेको सांसद यादवको भनाइ छ ।

'उपचार गर्न प्रमुख डाक्टर कुशवाहा आफू आएन । अरुलाई पठाएको थियो, 'उनले भने, 'उपचारमा कठिनाइ हुँदा म सँगै गएका साथीहरुले आक्रोशित भएकै हुन्।'  अस्पतालमा डाक्टर कुशवाहाले गुण्डा पालेर राजनीति गर्न खोजेको सांसद यादवले आरोप लगाए।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापा क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको बताए । यता, दुव्र्यवहार भएको भनिएका डाक्टर दिपेन्द्र ठाकुरले घटनाबारे केही नबोल्ने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments