Incident Reports

बलात्कार प्रयास घटनाका पीडितद्वारा प्रहरीमा उजुरी

2020-02-09

Karnali, Kalikot, Pachaljharana, Ward 2

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पचालझरना गाउँपालिका–२ का ४० वर्षीय नमराज शाहीविरूद्ध पीडित पक्षले माघ २८ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकाो छ ।

पीडित युवतीलाई आरोपितले माघ २६ गते साँझ पीडितको डेरामा गई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका इन्स्पेक्टर इन्द्रबहादुर मल्लले जानकारी दिनु भएको छ ।

घटनापछि आरोपित शाही फरार रहेकाले खोजी गरिरहेको प्रहरीले जनायो । बलात्कार प्रयासबाट फुत्कने क्रममा पीडित युवतीको पाखुरा र घाँटीमा चोट लागेकाले माघ २७ गते स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल कालिकोटमा गरिएको इन्स्पेक्टर मल्लले जानकारी दिनुभएको छ ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Totally damaged Vehicles 00
INSEC

0 Comments