Incident Reports

पुस्तक आयातमा कर लगाएको भन्दै विद्यार्थीको प्रदर्शन

2020-02-12

Bagmati, Kathmandu, Kathmandu

२९ माघ, काठमाडौं । पुस्तकमा कर लगाउने सरकारको निर्णयविरुद्ध विद्यार्थी आन्दोलित भएका छन् ।

पुस्तक आयातमा सरकारले १० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेपछि त्रिचन्द्र कलेजका विद्यार्थीले बुधबार सडकमै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । विद्यार्थीले कर लगाउन नहुने भन्दै हस्ताक्षरसमेत संकलन गरेका छन् ।

विद्यार्थीको प्रदर्शनमा नेपाल विद्यार्थी संघले एक्यवद्धता जनाएको महामन्त्री दीपक भट्टराईले बताए ।

शैक्षिक शुल्क नै विद्यार्थीलाई महँगो भइरहेका बेला किताबमा समेत कर लगाएर विद्यार्थीलाई मारमा पार्न खोजिएकोले आन्दोलनलाई समर्थन गरेको महामन्त्री भट्टराईको भनाइ छ ।

यसअघि पुस्तक प्रेमीहरुले पनि माइतीघर मण्डलामा किताब पढेर विदेशबाट आयात हुने पुस्तकमा कर लगाउने निर्णयको विरोध गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments