Incident Reports

चीनबाट ल्याइने विद्यार्थी भक्तपुर राख्ने विषयमा स्थानीयद्वार विरोध प्रदर्शन

2020-02-14

Bagmati, Bhaktapur, Changunarayan

काठमाडौं– सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार गरी भक्तपुरको खरिपाटीमा राख्ने सहमति गरेपनि स्थानीयले भने विरोध जारी नै राखेका छन् ।

केही दिनयता उनीहरुले बीचबस्तीमा चीनबाट ल्याइने नेपालीहरुलाई राख्न नहुने भन्दै विरोध जनाउँदै आएका छन् ।

चीनबाट ल्याउने नेपालीहरुलाई सुरक्षित तवरले राख्नको लागि सरकारले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइम निर्माणको तयारी समेत पूरा गरिसकेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका लामाटोलका बासिन्दाले आज विरोध प्रदर्शन गरे । उनीहरुले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरिने नेपाली विद्यार्थी लिन जाने जहाजका चालक दलका सदस्य र स्वास्थ्यकर्मीलाई चाँगुनारायण नगरपालिका–६ लामाटोलको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा राख्न नहुने भन्दै विरोध गरेका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले स्थानीय बासिन्दाले नगरकोट जाने सडक अवरुद्ध गरेकाले खुलाउन सामान्य बल प्रयोग गरेको जानकारी दिए ।

शुक्रबार दिउँसो झडप भएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहितको टोली घटनास्थलमा पुगेको थियो । पाण्डेले स्थानीय वासिन्दासँग सहमति भइसकेको र असन्तुष्टि नरहेको बताइन् ।

सरकारले चीनमा रहेका नेपालीहरुलाई ल्यानको लागि शनिबार वमान चीन पठाउने यसअघि नै जानकारी दिइसकेको छ ।

नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार दिउँसो २ बजेर ४५ मिनेटमा वुहान जानेछ ।

नेपाल वायुसेवा निगमका अनुसार शनिवार उद्धारका लागि पठाइन लागेको जहानमा तीनजना चालकसहित नौ जनाको टोली हुने गरी तयारी गरिएको छ । नेपालबाट जाने विमानमा चारजना स्वास्थ्यकर्मीहरू पठाइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट विमान आइतबार बिहान सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । अवतरण गरेपछि जहाजले ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्ने छैन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Road block
Secondary Form Intervention at Protest
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments