Incident Reports

यौन दुर्व्यवहारको आरोपमा प्रिन्सिपल पक्राउ

2020-02-14

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 11

पोखरा ११ फुलबारीस्थित भास्कर मेमोरियल स्कुलमा अध्ययनरत एक छात्रा सदाझैं शुक्रबार पनि स्कुल गइन्। स्कुल जाँदा बाटोमै विद्यालयका फाउण्डर प्रिन्सिपल विश्वराज बास्तोलासँग भेट भयो।

बाँस्तोलाले ती बालिकालाई यसअघि पनि सँगै विद्यालय लिएर जाने गर्थे। शुक्रबार पिन्सिपल बाँस्तोलाको व्यवहार भने अरु दिन भन्दा फरक भयो।

प्रिन्सिपल बाँस्तोलाले बालिकाको हात समाए। बाँस्तोलाले बालिकाको पिँडुलामा हात पुर्‍याए। पिँडुलामाथि हात लगेपछि बालिकालाई असह्य भयो। उनले बिरामी भएको भनेर विद्यालयकै शिक्षकलाई भने। शिक्षकले अभिभावकलाई खबर गरे। बालिकाको दाजु विद्यालय पुगे। बालिकाले आफ्नो दाजुलाई घटना विवरण सुनाइन्।

केहीबेरमा बालिकाको अभिभावक पनि विद्यालय पुगे। उनीहरूले प्रिन्सिपल बास्तोलासँग कुरा गरे। बाँस्तोलाले उल्टै उनीहरूलाई हप्काए।

बालिकाका आफन्तले यौन दुर्व्यवहार गरेको भन्दै वडा प्रहरी कार्यालय रामबजारमा खबर गरे। प्रहरीले बाँस्तोलालाई पक्राउ गर्‍यो र जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझायो।

बालिकाले आफूलाई विद्यालयकै फाउडर प्रिन्सिपलले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई उजुरी दिएकी छिन्। सोही उजुरीका आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले सेतोपाटीलाई बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Kailali

0 Comments