Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-02-14

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 11

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा—११ बस्ने ५४ वर्षीय विश्वराज बास्तोलालाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडितले फागुन २ गते उजुरी दिएकी थिइन् ।

आरोपितलाई वडा प्रहरी कार्यालय रामबजारले सोहिदिन गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार के.सी.ले जानकारी दिनभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको र  घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी के.सी.ले बताउनुभयो ।

 

 

 

 

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments