Incident Reports

लेलेको वनमा नग्न अवस्थामा युवतीको शव भेटियो

2020-02-16

Bagmati, Lalitpur, Godawari

४ फागुन, ललितपुर । ललितपुरको लेले सामुदायिक वनमा युवतीको नग्न अवस्थामा शव भेटिएको छ । शवको सनाखत हुन सकेको छैन ।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले हुलियाको आधारमा शवको पहिचान खुलाउने प्रयास भइरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘मंगलोलियन अनुहारको अन्दाजी २२/२५ वर्षको महिलाको शव छ ।’

अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझासहितको टोली पुगेको छ ।

शवमा निलडाम देखिएको प्रहरीको भनाइ छ । यद्यपि, जबरजस्ती करणी वा करणीको प्रयास भएको हुनसक्ने कुनै संकेत भेटिएको छैन ।

शवलाई पाटन अस्पतालमा लगेर पोष्टमार्टम गर्ने तयारी भइरहेको छ । प्रहरीले पोस्टमार्टम प्रतिवेदनबाट मृत्युको कारण खुल्ने बताएको छ ।


Update:

ललितपुरको लेलेमा एक महिलाको हत्या गरेको आशंकामा सुर्खेतबाट एक व्यक्ति पक्राउ परेका छन्। गत आइतबार गोदावरी नगरपालिका-५ स्थित लेलेको खत्रिगाउँ नजिकैको सामुदायिक वनमा सुर्खेतकी अन्दाजी ४० देखि ४१ वर्षकी खरिसरा दमई मृत अवस्थामा फेला परेकी थिइन्। 

उनको हत्या गरेको आशंकामा सुर्खेतबाट प्रहरीले वीर बहादुर परियार पक्राउ गरेको छ। बुधबार सुर्खेतबाट पक्राउ गरी ललितपुर ल्याउँदै गरेको ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलमा प्रमुख एसएसपी टेक प्रसाद राईले बताए। 

'सामुदायिक वनमा नग्न अवस्थामा भेटिएको हुँदा हत्या भएको आशंका गरिएको छ,'परिसरका प्रमुख एसएसपी राईले भने,'कर्तव्य गरी मारेको भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ।'

एसएसपी राईका अनुसार उनलाई काठमाडौं ल्याई थप अनुसन्धान गरेपछि पुष्टि हुनेछ।

मृतक दमईको जिउमा खत समेत पाइएको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC

0 Comments