Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-02-16

Gandaki, Myagdi, Annapurna, Ward 6

२८ वर्षीया महिलालाई अश्लिल तस्वीर र म्यासेज पठाएर यौन दुर्व्यवहार गरेको आरोपमा अन्नपुर्ण गाउँपालिका–६ घारका खिमबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।

पटकपटक सामाजिक सञ्जाल फेसबुकमा अश्लिल तस्वीर र म्यासेज पठाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडितले दिएको उजुरीका आधारमा प्रहरीले २०७६ फागुन ४ गते साँझ ५२ वर्षीय खड्कालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुव शर्माले बताउनुभएको छ ।

पीडितले उजुरीमा आरोपितले अश्लिल म्यासेज पठाउनुका साथै अनैतिक सम्बन्धको प्रस्ताव समेत गरेको उल्लेख गरिएको र सोहि अनुसार आरोपितलाई कारवाही गरिने जानकारी इन्स्पेक्टर शर्माले दिनुभयो ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC , National/Online Media

0 Comments