Incident Reports

अपहरण तथा बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

2020-01-09

Madhes, Dhanusha, Mithila Bihari

१३ वर्षीया बालिकालाई अपहरण गरि बलात्कार गरेको घटनाका फरार आरोपित मिथिलाविहारी नपा–२ बस्ने २७ वर्षीय अकलेश कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले फागुन ४ गते गिरफ्तार गरेको छ ।

मिथिला विहारी नपा–२ मिथिलेश्वर चौकबाट १३ वर्षीया बालिकालाई अपहरण गरेर काठमाडौं, सिन्धुली र दोलखामा राखी बलात्कार गरेको पीडित बालिकाले बताउनु भएको छ ।

पीडित बालिकाले ०७६ पुस २४ जिल्ला प्रहरी कार्यालय धनुषामा अकलेशविरुद्ध शरिर बन्धक तथा जबरजस्तीकरणी मुद्दा दायर गरेपछि आरोपितलाई खोज्दै जाँदा जनकपुर आएको गोप्य सूचनाको आधारमा फागुन ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी इन्स्पेक्टर अशोक कुमार झाले जानकारी दिनु भएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments