Incident Reports

विवादमा महागढीमाईका मेयर, छोराको रिसमा बुवालाई शौचालयमा थुनेको आरोप

2020-02-17

Madhes, Bara, Mahagadhimai, Ward 2

६ फागुन, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका २ बरियारपुरका ५५ वर्षीय महेन्द्र भनिने हरेन्द्र महतोलाई गाली गलौज तथा कुटपिट गरेको आरोप लागेपछि नगर प्रमुख उपेन्द्र यादव विवादमा छन् ।

नगर प्रमुख उपेन्द्रले महेन्द्रलाई जुत्ता टाउकोमा राख्न लगाएको र नगरपालिकाको शौचालयमा १५ मिनेट थुनेको आरोप लागेको छ । ‘खेतमा पानी पटाउँदै थिए, हाकिमले बोलाएका छन् भनेर नगर प्रहरी बोलाउन गए । पछि आउँछु भन्दा मानेनन् र उनीहरुसँगै गएँ’ उनले भने ‘जाने वित्तिकै मेयरका सवारी चालकले मार …भन्यो, नगर प्रमुखले हिर्काए, जुत्ता उठाएर टाउकोमा राख भने ।’

उनले अघि भने, नगरपालिकाको शौचालयमा १५ मिनेट जति राखे अनि नगर प्रमुखको घरमा आधा घण्टा राखे । त्यसपछि तेरो छोरा खोजेर ल्याउनु भनेर छोडि दिए ।’

छोरा र नगर प्रमुखबीच के विषयमा विवाद हो भन्ने आफूलाई कुनै जानकारी नभएको उनले बताए । हरेन्द्र समाजवादी युवा संघका उपाध्यक्ष मुकेश कुशवाहाका बुवा हुन् । मुकेशले गाउँमा नाला निर्माणको काम पुरा नभएको भन्दै आवाज उठाउँदै आएका थिए ।

मुकेशकाअनुसार सडक निर्माणको क्रममा ठूलो नाला पुरिएको छ । यस विषयमा एक वर्षदेखि जानकारी गराउँदा सुनुवाई भएन । सोमबार स्थलगत निरीक्षणमा आएको नगर प्रमुख यादवले नालाको निकास नहुँदा फोहोर पानीले दुर्घन्ध बढेको, किरा बढेको अस्वीकार गरेको र त्यसको भिडियो लिन खोज्दा नगर प्रहरी लगाएर बुवालाई गालीगलौज गरी कुटेको मुकेशले फेसबुक स्टाटसमा लेखेका छन् ।

उनले नगर प्रमुखको भिडियो लिन खोज्दा भएको विवादको छोटो भिडियो पनि त्यही राखेका छन् ।

तर नगर प्रमुख यादवले भने आरोप अस्वीकार गरेका छन् । मुकेशले सामाजिक सञ्जाल फेसबुकमा भए नभएको कुरा लेखेर वदनाम गरेकाले सचेत गराउन मात्रै महेन्द्रलाई बोलाएको प्रतिक्रिया दिए । ‘मुकेश र दिपेन्द्र कुशवाहाले अढाई वर्षदेखि फेसबुकमा आफ्नाविरुद्ध तथानाम लेख्ने गर्दै आएका थिए । हिजो त अति नै भयो । हाम्रो बरियारपुर भन्ने पेजबाट नगर प्रमुखलाई युवाहरुले कुटपिट गरे भनेर हालेका रहेछन् । धेरै बदमासी गर्‍यो समात्नुपर्छ भनेर नगर प्रहरी लगाएर खोजतलास गर्न लगाएँ । त्यसपछि उ भाग्यो’ उनले भने ।

मुकेश भागेपछि उनका बुवालाई नगरपालिकामा बोलाएको र स्थानीयको उपस्तितिमा आफूले ‘भोलि तपाई आफ्नो छोरालाई लिएर आउनुपर्छ । नत्र ठिक हुँदैन, किनकी उसले मेरो गरिमामा ठेस पुर्‍याउने हिसाबले क्रियाकलाप गरिरहेको छ’ भनेको भन्दै उनले भने, ‘उनले मैले भनेको मान्दैन भन्यो । मैले भिन्न बसेको छ कि सँगै भनेर सोधे । सँगै बस्छ भनेपछि भोलि पञ्चायती बस्छ जसरी पनि लिएर आउनुस भनेर घर पठाएको हुँ ।’

उनले अघि भने, ‘मंगलबार उनीहरु आएनन्, उल्टै शौचालयमा थुनेको, कुटपिट गरेको भनेर फेसबुकमा लेखिदिएछन् ।’

शौचालयमा थुनेको, टाउकोमा जुत्ता राख्न लगाएको विषयमा उनले भने, ‘छैन मैले त्यस्तो केहि गरेको छैन । सशस्त्र प्रहरी निरीक्षक र अन्य गाउँलेकै सामुन्नेमा उहाँलाई भोलि छोरा लिएर आउनुस भनेर पठाएको हो । अरु सबै बहानाबाजी हो ।’

आफूले मुकेश र दिपेन्द्रविरुद्ध उजुरी दिएको उनले जानकारी दिए ।

बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले नगर प्रमुखले कुटपीट गरेको भन्ने उजुरी प्रहरीमा नआएको जानकारी दिए । बरु नगर प्रमुख यादवले अभद्र व्यवहार मुद्धा दर्ता गराएकाले अनुसन्धानका बरियारपुरका दिपेन्द्रकुमार कुशवाहालाई नियन्त्रणमा लिएको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments