Incident Reports

आंशिक प्राध्यापकको आन्दोलनले पठन–पाठन प्रभावित

2020-02-13

Madhes, Parsa, Birgunj

ठाकुर राम बहुमुखी क्याम्पस (ठाराब) का आंशिक प्राध्यापकहरूको रिले अनसन फागुन ८ गते आज आठौँ  दिनपनि जारी रहेको छ ।

प्राध्यापकहरू बिहान ६ः४० देखि १० बजेसम्म एउटा समूह, १० देखि साँझ ४ बजेसम्म अर्को समूह र साँझ ४ देखि बेलुकी ७ बजेसम्म अर्को समूह गरि रिले अनसन बस्दै आएका छन् ।

हरेक दिन बिहान ६ः४० देखि साँझ ७ बजेसम्म ४० जना प्राध्यापकहरूले माघ २९ गते देखि आन्दोलन गर्दै अनसन जारी राखेको अनशनरत प्राध्यापक राजेशकुमार गुप्ताले बताउनु भयो ।

विगत १५ वर्षदेखि आंशिक प्राध्यापकको रूपमा अध्यापन गराउँदै आएका प्राध्यापकहरूलाई करारमा नियुक्ति दिनुपर्ने एक सुत्रीय माग राखी अनसन थालेको प्राध्यापक रामप्रसाद पाडेले बताउनु भएको छ ।

ठाराब क्याम्पसमा ७० भन्दा धेरै दरबन्दीमा करारमा नियुक्ति गर्न सक्ने आधार रहेको भएपनि क्याम्पस प्रशासनले समस्या समाधान गर्न चासो नदेखाएको अनसनरत प्राध्यापकहरूको गुनासो छ ।

आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रिएपछि ठाराब क्याम्पसको पठन–पाठन ठप्प भएको छ । उनीहरूले तालाबन्दी नगरेको भएतापनि प्राध्यापकको अभावमा अध्ययन ठप्प भएको क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले बताएका छन् ।

आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रिएपछि स्थायी प्राध्यापकहरूले पनि कक्षा लिएका छैनन् । क्याम्पसमा अध्यापन नहुँदा ३ हजार भन्दा बढी विद्यार्थीहरूको पढाई प्रभावित भएको छ ।

शिक्षा सङ्कायको स्नातकमा अध्ययनरत विद्यार्थीहरुले पठन–पाठन सुचारू नभएको भन्दै गत फागुन ५ गते टायर बालेर प्रर्दशन गरेका थिए । उनीहरुले कक्षा सञ्चालन हुनु पर्ने माग गरेका थिए ।

आंशिक प्राध्यापकहरू आन्दोलनमा भएपछि स्थायी प्राध्यापकहरूले कक्षा नलिएको र क्याम्पस प्रशासनले व्यवस्थापन नगरेको भन्दै विद्यार्थीहरूमा आक्रोश रहेको अनेरास्ववियुका प्रारम्भिक कमिटिका संयोजक संदीप साहले बताउनु भयो ।

आंशिक प्राध्यापक सङ्घका अध्यक्ष तेज नारायण यादवका अनुसार ठाराब क्याम्पसमा ३७ जना आंशिक प्राध्यापक कार्यरत रहेकोमा अधिकांश प्राध्यापकहरूले १० वर्ष भन्दा बढी सेवा गरेका छन् । कतिपय विषयमा विद्यार्थी छैनन् तर त्यसमा पनि शिक्षकहरु राखिएको बताउँदै इतिहास विषयमा विद्यार्थी छैनन् त्यसमा आफ्ना मान्छे राख्ने क्रममा शिक्षकहरु नियुक्त गरिएको र क्याम्पस प्रशासनले समस्या समाधानका लागि कुनै चासो नदेखाएको अध्यक्ष यादवले बताउनु भएको छ ।

ठाराब क्याम्पस प्रशासनले भने आंशिक प्राध्यापकहरूको माग त्रिविमा पठाएको र समाधानको लागि पहल भइरहेको जिकिर गरेको छ ।

केसी लामिछाने

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments