Incident Reports

पाँचथरमा प्रधानाध्यापकले दुर्व्यवहार गरेकाे भन्दै छात्राकाे परिवारद्वारा उजुरी

2020-02-19

Province 1, Panchthar, Falgunanda, Ward 1

पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई एक छात्रामाथि दुर्व्यवहार गरेकाे आराेप लागेकाे छ ।विद्यालयकाे कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्राले प्रधानाध्यापक मोहनप्रसाद दुलालले बुधबार दिउँसो कक्षाकोठामै दुर्व्यवहार गरेको बताएकी हुन् ।

प्रधानाध्यापकले यसअघि पनि पटक-पटक दुर्व्यवहार गर्दै आएको छात्राले बताएकी छिन् । दुलालले संवेदनशील अङ्गमा हात लगाएको भन्दै छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको हाे ।

छात्राका आफन्तहरु बिहीबार जिल्ला प्रहरी कार्यालय चौकी पुगेर प्रधानाध्यापकविरुद्ध उजुरी गरेकाे नवमीडाँडाका प्रहरी इञ्चार्ज पेलेङसिंह धिमालले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Students
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments