Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-02-19

Bagmati, Kathmandu, Budhanilakantha, Ward 6

काठमाडौं, ८ फागुन    

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-६ हात्तिगौडा डेरा गरी बस्ने झापा गौरीगञ्ज-१ घर भएका ३५ वर्षीय सुवास संग्रौला र ३३ वर्षीय बिशाल संग्रौलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई विदेश पठाइदिन्छु भन्दै ललाई फकाई आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website , National/Online Media

0 Comments