Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-18

Gandaki, Gorkha, Sahid Lakhan, Ward 8

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शहिद लखन गाउँपालिका–८ का १८ वर्षीय प्रकाश परियारलाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको छ ।  

पीडित बालिकालाई आरोपितले माघ २९ गते देखि विवाहको प्रलोभन देखाइ पटक–पटक बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र सोहि दिन आरोपितलाई गिरफ्तार गरिएको डिएसपी वासुदेव खतिवडाले बताउनुभयो ।

आरोपितविरुद्घ फागुन ७ गते जिल्ला अदालत गोरखामा जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

पिडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ७ गते जिल्ला अस्पताल गोरखामा गरिएको जानकारी डिएसपी खतिवडाले दिनुभयो ।

हरिराम उप्रेती 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments