Incident Reports

विवाहको प्रलोभनमा तीन वर्षदेखि आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गर्ने अहेब पक्राउ*

2019-11-22

Madhes, Rautahat, Garuda, Ward 4

आफ्नै क्लिनिककी एक महिला सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा रौतहटका कार्यरत एक अहेबलाई प्रहरीले पक्राउ गरेको छ ।

मौलापुर नगरपालिका ५ घरभई हाल गरुडा-४ स्थित अर्चना पोेलिक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दै आएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथि जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

पीडित  महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परीक्षण समेत भइसकेको डीएसपी महतोले जानकारी दिए ।

पछिलो दुईबर्षदेखि गरुडामा पोलीक्लिनिक सञ्चालन गर्दै आएका आरोपी पटेलले विवाह गर्ने प्रलोभन देखाएर आफूलाई पटक–पटक यौनशोषण गरेको पीडितको भनाइ छ ।

करणीबाट आफू तीन महिनाको गर्भवती रहेको समेत पीडित महिलाले बताएकी छिन् । उनले  एकवर्ष पहिले पनि पटेलकै गर्भ बसेको र बिभिन्न डरत्रास देखाएर  गर्भ तुहाउन लगाएको दुखेसो पोखिन् ।

फेरि पछि बिवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ । 

तर जिल्ला अस्पतालमा भएको स्वास्थ परीक्षणको अधिकारीक रिपोर्ट नआएसम्म गर्भ भए नभएको बारे बोल्न नमिल्ने डिएसपी महतोले बताएका छन् । आरोपी अहेव श्यामसुन्दर पटेल हिरासतमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

(यसअघि प्रकाशित समाचारमा अन्यथा हुन पुगेकाले क्षमयाचनासहित सच्याइएको छ)


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments