Incident Reports

प्रहरीद्वारा विद्यार्थी नेतामाथि कुटपिट

2020-02-24

महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन भइरहेको सुदूरपश्चिम औद्योगिक व्यापारिक मेलामा कलाकार ज्योती मगरको प्रस्तुतीका क्रममा होहल्ला र ढुङ्गा प्रहार भएपछि  फागुन १२ गते प्रहरीले गरेको लाठ्ठी चार्जबाट बेदकोट नगरपालिका – ८ निवासी अनेरास्ववियूका जिल्ला सदस्य २३ वर्षीय भुवनसिंह विष्ट गम्भिर घाइते भएका छन् । ।

मञ्चमा कलाकार ज्योती मगरले उच्छृङ्खल प्रस्तृती गरिरहेको अवस्थामा केही व्यक्तिहरूले होहल्ला शुरु गरेपछि आफूले होहल्ला रोक्ने प्रयास गर्दा इन्सपेक्टर सुरज कार्कीले  आफूमाथि नै लाठ्ठी र बुट प्रहार गरी निर्धात रूपमा कुटपिट गरी नियन्त्रणमा लिएको पीडित विष्टले बताउनु भयो ।

इन्सपेक्टर कार्कीको कुटपिटबाट विष्टको पीठिउ, हात, खुट्टा र टाउमा चोटपटक लागेको छ ।  कुटपिटबाट घाइते भएका विष्टले बोमेटिङ् गर्न थालेपछि मात्रै प्रहरीले उपचारका लागि महाकाली अस्पताल पु¥याएको  स्थानीय धिरज जोशीले बताउनु भयो ।

प्रहरीको कुटपिटबाट घाइते भएका विष्टको उपचार महाकाली अस्पतालमा हुन नसकेपछि उहाँको थप उपचार धनगढीस्थित माया मेट्रो अस्पतालमा भइरहेको छ ।

औद्योगिक व्यापार मेलामा कलाकार ज्योती मगरले  प्रस्तुती गरिरहेको अवस्थामा उच्छृङ्खल गतिविधि गर्ने र महोत्सव सचिवालयका कर्मचारीहरूमाथि हातपात गर्ने भिमदत्त नगरपालिका–१८ का २२ वर्षीय महेन्द्र बोहरा, सोही ठाउँका २१ वर्षीय दिलिप विष्ट,२३ वर्षीय अभिषेक खड्क  र भिमदत्त नगरपालिका –३ का २४ वर्षीय नविन जोशीलाई गिरफ्तार गरी सोही दिन आफन्तको जिम्मामा छोडिएको जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका इन्सपेक्टर सुरज कार्कीले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments