Incident Reports

२० सरकारी गाडी र मोटरसाइकल आन्दोलनकारीको नियन्त्रणमा

2020-02-25

Bagmati, Dolakha, Bhimeshwor

दोलखालाई राजधानी काठमाण्डौसंग जोडने जिल्लाको प्रमुख ‘लाईफलाइन’ चरिकोट–खाडीचौर सडक निर्माणमा भइरहेको ढिलासुस्ती र लापरवाहीविरुद्ध आन्दोलित संघर्ष समितिले मंगलबार सडकमा सरकारी गाडीहरु गुड्न रोकेको छ।

विस्तार कार्यमा ठेकेदारको ढिलासुस्ती र सरकारी वेवास्ताले ५ वर्षदेखि अलपत्र परेको यो सडक तत्काल निर्माणको माग गर्दै निर्णायक आन्दोलनमा उत्रिएको घोषणा गरेको नागरिक स्तरको संघर्ष समितिले मंगलबार सदरमुकाम चरिकोटमा सरकारी नम्बर प्लेटका सवारी साधनहरुलाई एक घण्टा सम्म गुड्न रोकेको हो।

मंगलबार बिहान साढे ९ देखि साढे १० सम्म सडक ढिलासुस्ती विरुद्धको संघर्ष समितिका अभियान्ताहरुले सातदोबाटो चोकमा २० ओटा सरकारी सवारी साधन नियन्त्रणमा लिएका थिए। संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केका अनुसार कार्यक्रम सकिएलगतै गाडीका साचो फिर्ता गरिएको थियो। सरकारलाई दबाब दिन सरकारी नम्बर प्लेटका गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको उनले बताए। जिल्लाका निमित्त पहरी प्रमुख रेशम बोहोराले आन्दोलनकारीले नियन्त्रणमा लिइएका मोटरसाईकल र गाडीको साँचो तत्कालै फिर्ता गरिएको बताए।

सडक ढिलासुस्ती विरुद्धको आन्दोलनका अभियन्ता दीपशंकर चौलागाईले सडकमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीविरुद्ध सरकारले गम्भीर कदम नचाले वर्षात अगाडि दोलखा नाकाबन्दीमा पर्ने चेतावनी दिए। ‘सरकार गम्भीर नबने दोलखाबासीको आन्दोलन कठोर हुने चेतावनी दिन चाहन्छौ’ उनले भने।

संघर्ष समितिका सचिव गोकर्ण भण्डारीले बिहिबार साढे ९ बजेदेखि साढे ११ बजेसम्म र शुक्रबार साढे ९ देखी साढे १२ बजेसम्म सरकारी गाडी रोक्ने कार्यक्तम रहेको जानकारी दिए। नागरिक स्तरबाट जारी आन्दोलनमा पत्रकार, पेशाकर्मी, सामाजिक संघ संस्था र उद्योगी व्यवसायी लगायत क्रियाशिल छन्। यस अघि आन्दोलनकै क्रममा आईतबार सिन्धुपाल्चोकमा रहेको लामोसाँघु–जिरी सडक सुधार आयोजनाको कार्यालयमा तालाबन्दी गर्दा ५ अभियान्तालाई प्रहरीले पक्राउ गरेको थियो।

संघर्ष समितिले चरिकोट–मुडे खण्डको ठेकेदार कम्पनीलाई ५ ठाउँबाट काम गराउने वातावरण मिलाउन अन्यथा ठेक्का तोडेर सडक बिभागमार्फत सरकार आफैंले प्रक्रिया पु¥याए मुडे चरिकोट खण्डमा छिटो काम सक्न माग गरेको छ। खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर खण्ड मध्ये मुडेसम्म २५ किलोमिटर खण्डको पहिलो प्याकेजको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले १७ किलोमिटर कालोपत्रे सकेको छ।

यता मुडे–चरिकोट खण्डमा भने ठेकेदार कम्पनीले सिन्को समेत भाँचेको छैन्। यो खण्डको ठेकेदार कम्पनीविरुद्ध जिल्लामा आन्दोलन चलेलगत्तै केही ट्रिपर ग्राभेल बिच्छ्याउने र आँखामा छारो हाल्ने काम हुँदै आएको आरोप अभियन्ता एवं सञ्चारकर्मी श्याम खतिवडाले लगाए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments