Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-20

Madhes, Dhanusha, Nagarain, Ward 7

१६ वर्षीया बालिकालाई ललाइफकाई माघ ५ गते देखि फागुन ८ गतेसम्म पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नपा–७ देवडिहा बस्ने २५ वर्षीय दिलसाज नदाफलाई फागुन १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा फागुन १२ गते आफुलाई बलात्कार गरेको भन्दै आरोपित विरुद्ध उजुरी दिनु भएको थियो ।


आरोपित नदाफलाई गाउँमै लुकिछिपी बस्दै गरेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।

पीडित बालिकाको फागुन १२ गते प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Dhanusha

0 Comments