Incident Reports

बच्चा बोकेकी महिलामाथि पुरूष इन्स्पेक्टरको लाठी

2020-02-28

Bagmati, Lalitpur, Lalitpur

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए।

एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्।

घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे। केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे। घरअगाडि महिला भेला भएका थिए, नियन्त्रण गर्न पुरूष प्रहरी पनि गएका थिए।

प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि बल प्रयोग गर्‍यो।

त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए। उनको एकजना महिलालाई पछाडिबाट लाठीले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा आएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Bara , Local Newspaper - Jhapa

0 Comments