Incident Reports

वडा कार्यालय र पसलमा तोडफोड

2020-02-29

Lumbini, Palpa, Bagnaskali, Ward 3

जिल्लाका तीन ग्रामीण बजारमा २० बढी पसलमा तोडफोड भएको छ । अज्ञात समूहले दुई वडा कार्यालयमासमेत तोडफोड गर्दै कागजपत्र फालिदिएका छन् । ग्रामीण बजार आर्यभन्ज्याङ, चिदीपानी र हुमीनका पसलमा तोडफोड भएको हो । प्रारम्भिक जानकारी अनुसार उनीहरुले गरगहनासहित ३ लाख ५० हजार बढीको लुटपाट गरेका छन् ।

आर्यभन्ज्याङ, चिदीपानी र हुमीन १० किलोमिटर क्षेत्रमा पर्ने बजार हुन् । शनिबार मध्यरातमा अज्ञात समूहले माथागढी गाउँपालिकाको वडा नम्बर–१ चिदीपानीको वडा कार्यालय र रम्भा गाउँपालिका वडा नम्बर ४ हुमीनको वडा कार्यालयमासमेत तोडफोड गरेका छन् । हुमीनका कार्यालय सचिव मिलन काफ्लेका अनुसार कार्यालयको मूल ढोका फोरेर भित्र दराजहरुमासमेत तोडफोड गरेको छ । पसलहरुमासमेत तोडफोड र लुटपाट भएको उनले बताए ।

बगनासकाली गाउँपालिका ३ आर्यभञ्याङका तीन वटा पसलमा तोडफोड भएको वडाध्यक्ष टिकाबहादुर थापाले बताए । आर्यभन्ज्याङमा प्रहरी चौकीसमेत रहेको छ । प्रहरी नायब निरीक्षक ताराप्रसाद खनालका अनुसार आर्यभन्ज्याङमा ३ र चिदीपानीका ६ वटा पसलमा तोडफोड भएको छ । हुमीन प्रहरी चौकी हुमीनको वडा कार्यालयका ३ वटा दराजमा तोडफोड भएको प्रहरी चौकी ताहुँका प्रहरी सहायक निरीक्षक शिवकुमार यादवले जानकारी दिएका छन् ।

हुमीनका घर र पसल गरी ११ ठाउँमा तोडफोड भएको छ । जसबाट सुन, नगद र रिर्चाज कार्डगरी एक लाख ५० हजार बढी लुटिएको यादवले जानकारी दिए । चिदीपानीको वडा कार्यालयमा लगाएको ताला फोडेर तराजमा रहेका कागजातहरु लथालिङ पारेको वडा अध्यक्ष शिव घिमिरेले बताए । मध्यराति होटल तथा किराना पसलहरुमासमेत तोडफाड भएपनि बिहान मात्रै जानकारीमा आएको अध्यक्ष घिमिले बताए ।

अधिकांश पसलहरु तोडफोड भएसँगै स्थानीयमा त्रास फैलिएको स्थानीयले बताए । मध्यरातमा तोडफोड गर्ने समूहको बारेमा अनुसन्धान र खोजी भइरहेको प्रहरीका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । धेरै स्थानमा यस्ता घटना भएकाले सम्पूर्ण विवरण अझै आउन नसकेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) Citizen/Individuals
Actor 2 - Youth na
Total damaged Buildings 20
National/Online Media

0 Comments