Incident Reports

टिपरको ठक्करबाट हजुरबा–नातिनीको ज्यान गएपछि सडक रातभर तनावग्रस्त

2020-03-03

Province 1, Morang, Biratnagar, Ward 19

विराटनगरमा टिपर र अटो ठोक्किँदा दुई जनाको मृत्य भएको छ।  मोरङको ग्रामथान गाउँपालिका–२ र विराटनगर महानगरपालिका–१९ को सीमानामा पर्ने मिलचौकमा राति टिपर र अटो टेम्पो ठोक्किँदा हजुरबा र नातिनीको ज्यान गएको हो।

तुलसी मटर फ्याक्ट्री अगाडि राति ९ बजे घटना भएपछि विराटनगर–विराटचौक सडक खण्ड रातभर तनावग्रस्त बन्यो। विराटचौकबाट विराटनगरतर्फ आउँदै गरेको को १ क २९१७ नम्बरको टिपर र मिलचौकबाट झोराहाटतर्फ जाँदै गरेको प्र १–०२–००२ ह ८६०६ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार दुर्घटनामा अटो चालक ग्रामथान–२ का ४५ वर्षीय बाबुराम सरदार र उनकी नातिनी ७ वर्षीय आरोही सरदारको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा परी अटो पनि पूर्णरुपमा क्षति पुगेको छ। विराटनगर–१९ का वडाअध्यक्ष बद्रीनारायण सरदारका अनुसार घटनापछि आक्रोसित स्थानीय बासिन्दाले टिपरमा आगो लगाइदिएका छन्।

घटना लगत्तै मृतकको शव सडकमा तेस्र्याएर स्थानीय र आफन्तले विराटनगर–विराटचौक सडक खण्डमा नाराबाजी र प्रदर्शन गरे। प्रहरीलाई शव समेत उठाउन दिइएन।

प्रहरी, जनप्रतिनिधि, स्थानीय र आफन्तबीच भएको वार्तापछि ठक्कर दिने टिपर चालकलाई कारबाही गर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति बनेको थियो। सहमतिपछि स्थानीय र आफन्त शव उठाउन दिन राजी भएका थिए।

 दुवैको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ।आक्रोशित स्थानीयले भने अहिले पनि सवारी साधन सञ्चालनमा रोक लगाउँदै झोराहाट र मिलनचौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। रुखहरु काटेर सडकमा तेस्र्याउँदै स्थानीय प्रदर्शनमा उत्रिएपछि उक्त सडक खण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ। थप कुनैपनि अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी राईको भनाइ छ। उनले टिपर चालक सुनसरीको रामधुनी गाउँपालिका–५ झुम्काका ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए।

मृतकका छिमेकी श्याम सरदारले लापरबाहीपूर्ण तरिकाले चलाइएका कारण ठक्करबाट मृत्यु भएपछि स्थानीय बासिन्दा आक्रोसित बनेर टिपरमा आगजनी गरेको बताए। मृतक दुवै जना आफन्तको बिहेमा पुगेर फर्कँदै गरेको स्थानीयले जानकारी दिएका छन्। ‘घटनाको प्रकृति हेर्दा सुरुमा अटोलाई ठक्कर दिएपछि टिपर ब्याक गरेर किचेको आशंका छ,’ श्यामले भने। सडकमा टिपरको आतंक र ज्यादती बन्द गर्नु पर्ने माग गर्दै स्थानीय र मृतकका आफन्तले आन्दोलनलाई जारी राखेको उनले बताए। श्यामले मृतकको पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर रहेको जानकारी दिए।

 
 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Morang

0 Comments