Incident Reports

जनप्रतिनिधिले कुटपिट गरेको भन्दै महिलाद्वारा उजुरी

2020-01-26

Gandaki, Parbat, Modi, Ward 3

मोदी गाउँपालिका—३ देउराली  बस्ने ४५ वर्षीय सावित्री सुवेदीले वडा अध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले कुटपिट गरेको भन्दैे जिल्ला प्रशासन कार्यालय पर्वतमा फागुन २० गते उजुरी दिनुभएको छ ।

०७६ माघ १३ गते सडक निर्माण गर्ने क्रममा जग्गा मिचेर डोजर चलाएपछि बाटो नखन्न आग्रह गर्दा वडा अध्यक्ष क्षेत्रीले कुटपिट गरेको सुवेदीको आरोप छ । उहाँले फागुन २० गते जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी दिँदै वडा अध्यक्षको ज्यादती सह्य नभएको गुनासो गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले नेपालले महिलाको उजुरी सम्बन्धी दुबै पक्ष बीच छलफल भएको र स्थलगत रुपमा पुगेर विवाद समाधानका लागि सोही दिन सहायक प्रमुख जिल्ला अधिकारी अमृत शर्माको संयोजकत्वमा तीन सदस्यीय समाधान समिति बनाएको बताउनुभयो ।

यता वडा अध्यक्ष क्षेत्रीले भने कुटपिट कसैलाई नगरेको तर जग्गा मिचेको भन्दै केही व्यक्तिहरु आएपछि उपभोक्ता समिति र जग्गावाला बीच सामान्य झगडा भएको बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments