Incident Reports

कटुवा पेस्तोल सहित पक्राउ

2020-03-11

Madhes, Siraha, Siraha, Ward 21

 सिरहा, २७ फागुनसिराहा नगरपालिका-२१ लकडीगोठबाट सोही ठाउँ मल्हनिया बस्ने २२ वर्षीय मनोज कुमार साहलाई १ थान कटुवा पेस्तोल र गोली १ राउण्ड सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका साहलाई शंका लागि जाँच गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments