Incident Reports

चार घण्टापछि खुल्यो कोहलपुर नेपालगञ्ज सडकखण्ड

2020-03-11

Lumbini, Banke, Kohalpur

टिप्परको ठक्करबाट गम्भीर घाईते भएकी कोहलपुर नगरपालिका वडा नं९ की रामपती थारुको मृत्युपछि तनावग्रस्त रहेको कोहलपुर नेपालगन्ज सडक खण्ड संचालनमा आएको छ ।

मृतकलाई उचित क्षतिपुर्ती तथा दोषीलाई हदै सम्मको सजायको माग गर्दै पिपरि बजारमा स्थानीयले चार घण्टा सडक अवरुद्ध पार्दै बिरोध प्रदर्शन गरेका थिए ।

मंगलबार बिहान ११ बजे कोहलपुर नगरपालिका वडा नं। ८ पिपिरीस्थित झण्डहवा चोकमा रा १ ख २१८८ नम्बरको टिप्परले थारु सवार साईकललाई ठक्कर दिदा उनको दुर्घघटनास्थलमा नै मृत्यु भएको थियो ।

मृतक आफन्तहरुले प्रहरीले समन्वय बिना नै शवं उठाएको भन्दै प्रहरीविरुद्ध चर्का नाराबाजी गरेका थिए । चार घण्टादेखि अवरुद्ध सडक खुलाउन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Banke

0 Comments