Incident Reports

कुटाइ खाएको भन्दै ट्याक्सी चालक आन्दोलित, टुटल पठाओले ‘दादागिरी’ गरेको आरोप

2020-03-13

Bagmati, Kathmandu, Kathmandu

बिहानको साढे सात बजेतिर बाफलसम्म मर्निङ वाक गर्न गएका थिए सानु पुर्वछाने मगर ।

उनी उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको अध्यक्ष हुन् । हरेक दिन मर्निङवाक गर्दै बाफल ट्याक्सी पार्किङसम्म पुग्ने उनको दैनिकी हो । मर्निङ वाकसँगै ट्याक्सी पार्किङमा ट्याक्सीको निगरानी समेत गर्ने गरेका छन् उनले । 

तर सधैको भन्दा फरक बनिदियो आजको बिहानी । ‘मर्निङ वाक गरेर फर्किने क्रममा चिया पसलमा थिएँ, चिया पिइरहेको थिएँ’ उनले भने, ‘एक जना साथी आएर बाफलमा झगडा पर्न लागेको कुरा सुनाएँ हतपत त्यतातिर लागेँ ।’ उनका अनुसार एउटा मोटरसाइकल चालकले पार्किङमा राखिएका ट्याक्सीको बीचमा गएर हामी टुटल–पठाओ हौं तपाईलाई लगिदिन्छौ भन्दै ग्राहक बोलाइरहेका थिए । 

आफूले टुटल पठाओ लगायतले यसरी यात्रु बोलाएर जान नमिल्ने बताएको उनले सुनाए । ‘४०/५० वटाभन्दा बढी ट्याक्सीको बीचमा आएर मानिसलाई चढाउन थाल्यो भने भोलि द्वन्द्व –झै झगडा सिर्जना हुन्छ मानवीय क्षति पुग्छ’ भनेर आफूले उनलाई सम्झाएको मगरले सुनाए ।  तर मोटरसाइकल चालकले ‘सक्छस् भने टुटल पठाओ नै बन्द गर !’ भन्दै आफूलाई थर्काएको उनले बताए । 

ट्याक्सी ड्राइरहरु र मोटरसाइकल चालकबीच विवाद भएपछि उनले केही आफ्ना साथीहरुलाई बोलाएको मगर बताउँछन् । विस्तारै मानिसको भीडभाड अलि बाक्लो हुँदै गयो । कुई..कुई.. को आवाजमा प्रहरीको भ्यान आइपुग्यो । भ्यानबाट ओर्लिएर केही नबुझिकन प्रहरी जवानले आफूमाथि हातपात गरेको उनको दाबी छ ।  ‘पुलिस गाडी बाट झरेर केही कुरा नै नसुनी कानको जोर्नीमा एक झापड हाने’ उनले भने । 

‘प्रहरी मेरो साथी भन्ने भनाइ छ नि’ दुखेसो गर्दै अध्यक्ष मगरले भने, ‘आज मलाई साथीको महशुस भएन ।’ चेकजाँच नै गराउनुपर्ने गरी पिटेको बताउँदै उनी भन्छन्, ‘अहिले म यातायात कार्यालय जाँदै छु बेलुकातिर टिचिङ जान्छु ।’ आफूमाथिको कुटपिट एक जना ट्याक्सी ड्राइभरमाथि नभएर समग्र चालकमाथिको रहेको उनको भनाइ छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth youth
Total Injured 1
National/Online Media

0 Comments