Incident Reports

कटुवा पेस्तोल र गोली सहित पक्राउ

2020-03-15

Province 1, Morang, Sunwarshi, Ward 8

 मोरङ, ३० फागुन 

सुनवर्षी नगरपालिका-८ हर्चनगढीबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय अजय कुमार मण्डल, आन्नद कुमार मण्डल र २१ वर्षीय राकेश कुमार साह रहेका छन् । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले सुनवर्षी नगरपालिका-८ हर्चनगढीस्थित पसलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट अनटेष्ट लेखिएको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments