Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-04

Province 1, Sunsari, Dharan, Ward 6

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–६ पानवारीका ३५ वर्षीय सन्तोष कार्कीलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।

आरोपितले फागुन २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध फागुन २५ गते पानवारी प्रहरी चौकीमा मौखिक उजुरी दिएपछि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

आरोपित विरूद्ध फागुन २६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा)मा फागुन २६ गते गरिएको छ ।

 जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Morang

0 Comments