Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-14

Madhes, Siraha, Dhangadhimai, Ward 7

३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गोलबजारले धनगढीमाई नपा–७ का ३५ वर्षीय वीरेन्द्र मण्डल, ३१ वर्षीय जितन मण्डल र धनगढीमाई नपा–८ का ३३ वर्षीय रमेश महतोलाई फागुन २९ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितहरूले महिलालाई फागुन २७ गते बेलुका अपहरण गरी नजिकैको आँप बगैंचामा सामूहिक बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गोलबजारमा फागुन २९ गते उजुरी दिएको बताउनु भएको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर जनक पुरीका अनुसार घटनाको जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय लहानको सहयोगमा आरोपितहरूलाई गिरफ्तार गरी कारवाहीको लागि फागुन ३० गते म्याद थप गराएको बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन २९ गते भएको थियो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments