Incident Reports

ठमेलको होटेलमा लगेर किशोरीमाथि बलात्कार गरेको आरोपमा १ जना पक्राउ

2020-03-14

Bagmati, Kathmandu, Kathmandu, Ward 26

काठमाडौं– ठमेलको होटलमा लगेर १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एकजना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–२ दमौली घर भएका ४६ वर्षीय हेमसिंह शाही छन् ।

प्रहरीका अनुसार शाहीले १८ वर्षीया किशोरीलाई ललाई–फकाई काठमाडौं महानगरपालिका–२६ अमृतमार्ग (ठमेल)को होटलमा लगेर बलात्कार गरेका थिए ।

शाहीले आफूमाथि बलात्कार गरेको भन्दै पीडित युवतीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका शाहीमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments