Incident Reports

प्रहरीको गोली प्रहारबाट एक घाइते

2020-03-07

Gandaki, Nawalparasi East, Madhyabindu, Ward 3

मध्यविन्दु नगरपालिका–३ कोेल्हुवामा शनिबार राति ११ बजे प्रहरीको गोली प्रहारबाट एक जना घाइते भएका छन् । मादकपदार्थ सेवन गरी आक्रमण प्रयास भएपछि प्रहरीले गोली चलाएको हो ।

गोली लागेर मध्यविन्दु–२, नन्दपुरका ३४ वर्षीय प्रेम महतो गम्भीर घाइते भएका छन् । तीन जना सवार मोटरसाइकलमा रहेका महतोको कोखा र गोडामुनि गोली लागेको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीको भनाइ छ । मोटरसाइकलमा सवार अन्य दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले मध्यविन्दु ३ का ३० वर्षीय मुन्ना महतो, १९ वर्षीय सुरज महतोलाई नियन्त्रणमा लिएको हो । उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।

कोल्हुवा प्रहरी चौकीका सई गंगाराम कोइरीको नेतृत्वको गस्ती टोलीमाथि ढुङ्गा प्रहार गरेपछि प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार गस्तीमा रहेको टोलीले तीन जना सवार भएको मोटरसाइकल देखेपछि रोकेर जाँच गर्न खोज्दा प्रहरीमाथि नै ढुङ्गा प्रहार भएपछि आत्मरक्षाको लागि गोली चलाउन परेको हो । 

प्रहरीले एक थान खुकुरी र उनीहरूले प्रयोग गरेको ना ४९ प ६५१३ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Violence during arrest/detention
Weapons Small arms , Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments