Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-03-15

Gandaki, Gorkha, Aarughat, Ward 8

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा आरुघाट गाउँपालिका–८ रानीस्वाँराका २० वर्षीय विकास गुरुङलाई जिल्ला प्रहरी कार्यालय गोरखाले चैत २ गते गिरफ्तार गरेको छ ।

आरुघाट गाउँपालिका–८ कटुवाल डाडाँमा ०७६ फागुन २७ गते गुरुङले पीडितको कपडा खोलि अस्वाभाविक यौनजन्य  व्यवहार गरेको पीडितका परिवारले चैत २ गते जिल्ला प्रहरी कार्यालय गोरखामा दिएको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले बताउनुभएको छ  ।

आरोपितविरुद्घ चैत ३ गते जिल्ला अदालतमा बाल यौन दुरुपयोग शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अघि वढाइएको र बालिकाको स्वास्थ्य परीक्षण सोहि दिन गोरखा अस्पतालमा गरिएको डिएसपी खतिवडाले जानकारी दिनुभएको छ ।

हरिराम उप्रेती


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments