Incident Reports

पेस्तोल सहित पक्राउ

2020-03-18

Sudurpashchim, Bajhang, Thalara, Ward 7

 बझाङ, २ चैत थलारा गाउँपालिका-७ बाट केदारस्यू गाउँपालिका-७ भामचौर बस्ने २९ वर्षीय अनिश जाग्रीलाई पेस्तोल १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय थलाराबाट खटिएको प्रहरीले जाग्रीलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments