Incident Reports

शिक्षकलाई कुटपिट गरेको आरोपमा एक जना गिरफ्तार

2020-03-13

Gandaki, Parbat, Bihadi, Ward 2

पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरमा सञ्चालित आम्बारी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक ३६ वर्षीय कृष्ण ढकाललाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले सोहि स्थानका २८ वर्षीय विमल पराजुलीलाई चैत ३ गते गिरफ्तार गरेको छ ।

फागुन ३० गते विद्यालयमा पठनपाठन सकेर घर फर्किँदै गर्दा शिक्षक ढकाललाई विमल पराजुली र गणेश पराजुलीले बाटोमा कुरेरै बसेर कुटपिट गरेका थिए । कुटपिटबाट शिक्षक ढकालको आँखामा गम्भीर चोट लागेको छ ।

कुटपिट पश्चात चैत १ गते पीडित शिक्षक ढकालले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी उजुरी दिएका थिए ।

शिक्षक ढकालको उजुरीका आधारमा प्रहरीले विमललाई चैत ३ गते गिरफ्तार गरेको हो भने अर्का आरोपित गणेश पराजुलीको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर विकास थापाले जानकारी दिनुभयो ।

उहाँले आरोपित विमल पराजुलीलाई सार्वजनिक हित विपरीत कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतबाट चैत ४ गते थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको बताउनुभएको छ ।

शिक्षक ढकाललाई विद्यालय व्यवस्थापन समिति गठनको विषय र विद्यालयले संकलन गर्दै आएको सहयोग रकम सम्बन्धी विषयलाई लिएर कुटपिट गरेको सामान्य बुझिएको र थप सोधपुछ कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पीडितको उपचार जिल्ला अस्पताल पर्वतमा भइरहेको छ भने आरोपितको स्वास्थ्य परीक्षण चैत ३ गते गरेर हिरासतमा राखिएको छ ।


सन्तोष थापा


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments