Incident Reports

बिहानैदेखि सुर्खेतको छिन्चु तनावग्रस्त, प्रहरीद्धारा लाठीचार्ज

2020-02-20

Karnali, Surkhet, Bheriganga

छिन्चु बजारमा गाडीको ठक्करबाट मत्युभएपछि आफन्तहरुले रत्न राजमार्ग बन्द गरेका छन् । उचित क्षतीपूर्तिको माग राख्दै आफन्तले बिहीबार विहानैदेखी रत्नराजमार्ग बन्द गरेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका कारण छोटो तथा लामो दुरीका सवारी साधन बन्द हुँदा यात्रु अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय अघि घेराउ गर्न गएका आफन्तलार्इ प्रहरीले लाठी चार्ज गरेपछि छिन्चु बजारको स्थिति असहज बनेको हो ।

आफन्तले ठक्कर दिने चालकलाइ कारवाही गर्नुपर्ने र पीडित परिवारलाई १६ लाख क्षतीपूर्ति दिनुपर्ने माग राख्दै अहिले छिन्चुमा प्रदर्शन गरिरहेका छन् ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक विनोद चौधरीले राजमार्ग खुलाउन पीडित परिवारसंग वार्तामा बसेको जानकारी दिएका छन् ।

छिन्चु बजारमा मंगलबार राती बा ३ ख ६३५२ नम्बरको फोर्स गाडीले ठक्कर दिदा भेरीगंगा नगरपालिका ४ का राजु बोहोरालाई ठक्कर दिएको दियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Intervention at Protest
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments