Incident Reports

नुवाकोटमा सामूहिक बलात्कारपछि लुटपाट गर्ने दुई पक्राउ

2020-03-15

Bagmati, Nuwakot, Shivapuri, Ward 2

नुवाकोटमा सामूहिक बलात्कार गरी लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्।

गत चैत २ गते राति शिवपुरी गाउँपालिका ५ की ३७ वर्षीया एक महिलाको घरमा पाँच जना युवा घरको झ्याल फोरेर प्रवेश गरे। प्रवेश गरेपछि उनीहरुले ती महिलालाई हातखुट्टा बाधी बलात्कार गर्नुका साथै उनले लगाएको सुनको सिक्री, हातको औंठी र घरमा भएको नगद समेत लिएर भागे।

सोही दिन पीडित महिलाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा प्रहरीले शिवपुरी गाँउपालिका ५ बस्ने २५ वर्षका उमेश तामाङ र दुप्चेश्वर गाँउपालिका ५ का ३२ वर्षीय सानोकान्छा तामाङलाई पक्राउ गरेको थियो।

उनीहरूलाई काठमाडौंस्थित अपराध महाशाखाको सहयोगमा कपनमा लुकिछिपी बस्दै गरेका बेला गत बिहीबार पक्राउ गरिएको हो। अन्य तीन जना भने फरार रहेका छन्।

त्यही रात उनीले शिवपुरी गाँउपालिकाकै रामसिंह तामाङको घरमा समेत चोरी गरी कुटपिट गरेर फरार भएका थिए। उनीहरूमाथि अनुसन्धान गर्न नुवाकोट जिल्ला अदालतले पाँच दिनको म्याद समेत थप गरेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments